शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युद्ध विरामका बीच सुडानमा गोलाबारी जारी

मङ्गलबार, १२ वैशाख २०८०, २२ : ३०
मङ्गलबार, १२ वैशाख २०८०

खार्तुम । सुडानमा गएरातिदेखि जारी युद्ध विरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् । 

दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए । 

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायहरूले करिब दु्ई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् । 

जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन् ।  यसअघि तीन पटक गरिएका युद्ध विरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।-(रासस/एपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप