शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्यास्टेलानोसले चार गोल गर्दा रियल पराजित

बुधबार, १३ वैशाख २०८०, ०७ : ०२
बुधबार, १३ वैशाख २०८०

मड्रिड । जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा क्यास्टेलानोसले पुनः दुई गोल गर्दै जिरोनाको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर लुकास भास्क्वेजले रियलका लागि सान्त्वना गोल गरे ।

क्यास्टेलानोस रियलविरुद्ध एकै खेलमा चार गोल गर्ने पछिल्ला ७५ वर्षमा पहिलो खेलाडी बनेका छन् । यसअघि सन् १९४७ मा एस्टेबान इचाभेरियाले रियलविरुद्ध चार गोल गरेका थिए । एक खेल बढी खेलेको रियल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप