क्यास्टेलानोसले चार गोल गर्दा रियल पराजित
बुधबार, १३ वैशाख २०८०, ०७ : ०२
मड्रिड । जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो ।
पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा क्यास्टेलानोसले पुनः दुई गोल गर्दै जिरोनाको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर लुकास भास्क्वेजले रियलका लागि सान्त्वना गोल गरे ।
क्यास्टेलानोस रियलविरुद्ध एकै खेलमा चार गोल गर्ने पछिल्ला ७५ वर्षमा पहिलो खेलाडी बनेका छन् । यसअघि सन् १९४७ मा एस्टेबान इचाभेरियाले रियलविरुद्ध चार गोल गरेका थिए । एक खेल बढी खेलेको रियल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण