सुडान : युद्ध विराम बढाइयो, सङ्घर्ष जारी
सुडानमा सेना र र्यापिड फोर्सेस बीच तीन दिनको युद्ध विराम समाप्त हुनुअघि नै यसलाई ७२ घण्टाका लागि बढाउने कुरामा बिहीबार सहमति बनेको छ । छिमेकी देशका साथै अमेरिका, ब्रिटेन र संयुक्त राष्ट्रको कोसिसका कारण युद्ध विराममा सहमति बनेको छ तर राजधानी खार्तूमबाट पनि सङ्घर्षको खबर लगातार आइरहेको छ ।
पछिल्लो युद्ध विराममा हज्जारौ मानिस सुरक्षित स्थानमा जान सकेका थिए जबकी दर्जनौँ देशले आफ्नो नागरिकलाई निकाल्ने कोसिस गरेका थिए । सेना र र्यापिड सपोर्ट फोर्सेस बीच दुई हप्तादेखि लडाइँ चलिरहेको छ जसमा हालसम्म सयौँ मारिएका छन् ।
यो भिडन्तको केन्द्रमा दुई जना जनरल छन् । सुडानी सशस्त्र बल (एफएएस) का प्रमुख अब्देल फताह अल–बुर्हान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेता मोहम्मद हमदान दगालो जसलाई हेमेदतीको नाम पनि चिनिन्छ ।
अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले अमेरिका युद्ध विराम बढाउनका लागि ‘निकै सक्रिय रूपमा काम गरिरहेको’ बताएका छन् ।
तर ह्वाइट हाउसकी प्रवक्ता काराइन जिन–पियरेले स्थिति जुनसुकै बेला बिग्रन सक्ने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण