आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिसी प्रिमियर कप : नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

शनिबार, १६ वैशाख २०८०, ०९ : ४८
शनिबार, १६ वैशाख २०८०

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।  कुवेतविरुद्ध ब्याटिङ गरिरहेका कुशल भुर्तेल १०.५ ओभरमा आउट भएका हुन् । उनले ३९ बलमा ४३ रनको योगदान दिएका थिए ।

खेलमा  कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । 

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।

यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् ९युएई० बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप