एसिसी प्रिमियर कप : नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट
शनिबार, १६ वैशाख २०८०, ०९ : ४८
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुवेतविरुद्ध ब्याटिङ गरिरहेका कुशल भुर्तेल १०.५ ओभरमा आउट भएका हुन् । उनले ३९ बलमा ४३ रनको योगदान दिएका थिए ।
खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।
यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् ९युएई० बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण