शाहिदलाई फकाउन करिनाको दुई महिने संघर्ष

मुम्बई । फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करीना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा खुशी छन् ।
करिनाले शाहिद प्रति आफ्नो प्रेम कतिसम्म थियो ? भन्ने कुराको खुलासा उनले करण जोहारको च्याट शो ‘कफी विद करण’मा गरेकी थिइन् ।
उनले दुई महिनासम्म शाहिदलाई पछ्याएपछि मात्र उनको प्रेमभाव आफूले पाएको खुलासा गरेकी थिइन् । करिनाले करणसँग गरेको कुराकानीको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोको पहिलो सिजनमा करीना अर्की अभिनेत्री रानी मुखर्जीका साथ शोमा पुगेकी थिइन् ।
शोको दोस्रो सिजनमा करीना र शाहिद नै पुगेका थिए ।
शोमा करणले करीनालाई उनीहरुको प्रेमजीवन कसरी सुरु भयो भनी प्रश्न सोधेका थिए । ‘मैले नै शाहिदलाई प्रेम प्रस्ताव राखेको थिएँ । मैले दुई महिनासम्म शाहिदलाई पछ्याएको थिएँ । मैले उसलाई म्यासेज र फोन गरेको थिएँ । डेटका लागि पनि मैले नै प्रस्ताव गरेको थिएँ । तर सुरुमा उसले मलाई कुनै भाउ दिएन । दुई महिनापछि मात्र हामी भेटियौं र कुराकानी सुरु भयो’, करीनाले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते