शाहिदलाई फकाउन करिनाको दुई महिने संघर्ष
मुम्बई । फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करीना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा खुशी छन् ।
करिनाले शाहिद प्रति आफ्नो प्रेम कतिसम्म थियो ? भन्ने कुराको खुलासा उनले करण जोहारको च्याट शो ‘कफी विद करण’मा गरेकी थिइन् ।
उनले दुई महिनासम्म शाहिदलाई पछ्याएपछि मात्र उनको प्रेमभाव आफूले पाएको खुलासा गरेकी थिइन् । करिनाले करणसँग गरेको कुराकानीको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोको पहिलो सिजनमा करीना अर्की अभिनेत्री रानी मुखर्जीका साथ शोमा पुगेकी थिइन् ।
शोको दोस्रो सिजनमा करीना र शाहिद नै पुगेका थिए ।
शोमा करणले करीनालाई उनीहरुको प्रेमजीवन कसरी सुरु भयो भनी प्रश्न सोधेका थिए । ‘मैले नै शाहिदलाई प्रेम प्रस्ताव राखेको थिएँ । मैले दुई महिनासम्म शाहिदलाई पछ्याएको थिएँ । मैले उसलाई म्यासेज र फोन गरेको थिएँ । डेटका लागि पनि मैले नै प्रस्ताव गरेको थिएँ । तर सुरुमा उसले मलाई कुनै भाउ दिएन । दुई महिनापछि मात्र हामी भेटियौं र कुराकानी सुरु भयो’, करीनाले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण