आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ : यादव
काठमाडौँ । कार्यबहाक राष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
देशको आर्थिक क्षेत्रमा समेत टेवा पु¥याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उनको भनाई थियो ।
आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै कार्यबहाक राष्ट्रपति यादवले आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवं कार्यक्रम तर्जु गर्न र स्वास्थ्य बीमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्बद्ध सबै पक्षलाई आग्रह गरे । उनले आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको वृत्ति विकास, अवसर सृजना गर्न सम्बद्ध सबै लाग्ने विश्वास समेत व्यक्त गरे ।
कार्यबहाक राष्ट्रपति यादवले नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था रहनु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि स्थानीय जडिबुटी एवम् स्रोत, साधनहरुको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेको बताए ।
कार्यबहाक राष्ट्रपति यादवले नेपाललाई मेडिकल टुरिजमको रूपमा विकास गर्ने सम्भावना उच्च रहेको पनि बताए । त्यसका लागि आयुर्वेद क्षेत्रमा लगानी र उत्पादन बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण