पाकिस्तान : इमरान खानलाई र्याली गर्न अनुमति, बोल्न भने प्रतिबन्ध

पाकिस्तानमा इमरान खानका पार्टीलाई लाहौरमा र्याली निकाल्न सशर्त अनुमति दिइएको छ । पाकिस्तान तहरिक–ए–इन्साफले लाहौरको लिबर्टी चोकबाट नासिर बाग इलाकासम्म र्याली निकाल्न सक्नेछ । यद्यपि, नेतालाई न्यायपालिका र पाकिस्तानको संस्थाविरुद्ध बोल्ने अनुमति भने छैन ।
लाहौरका उपायुक्त राफिया हैदरले पार्टीबाट शपथ पत्र लिएपछि र्यालीको अनुमति दिएको छ । साँझ ६ बजेसम्म मात्रै र्याली निकालिने र बाटोमा स्वागतका लागि शिविर नबस्ने प्रशासनले जनाएको छ ।
र्यालीका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगे त्यसको जिम्मेवारी पार्टीको हुने प्रशासनले जनाएको छ । र्यालीको सुरक्षाको जिम्मा पनि र्याली व्यवस्थापनको हुनेछ ।
र्यालीमा सहभागी व्यक्तिले हतियार वा लाठी साथमा ल्याउन नपाउने पनि प्रशासनले जनाएको छ ।
यसअघि पाकिस्तानको निर्वाचन आयोगले पीटीआईलाई र्याली रद्द गर्न निर्देशन दिएको थियो ।
यसैबीच, सावधानीका रूपमा राजधानी इस्लामाबादमा धारा १४४ लागू गरिएको छ । इस्लामाबादको सीमाभित्र कुनै पनि सभा, जुलुस वा र्याली गर्न अनुमति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण