कोशी प्रदेश : पहिचान आन्दोलनको नेतृत्व गर्ने दल नै विभाजित !
विराटनगर । कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल भने विभाजित भएको छ । कोशी प्रदेशमा लिम्बुवान राज्य माग गर्दै जन्मिएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको हो ।
उक्त पार्टीको नेतृत्व कुमार लिङ्देनले गर्दै आएका थिए । लिङ्देनलाई कारबाही गरेको घोषणा गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्व नागरिक उन्मुक्तिमा मिलेको घोषणा गरिएको हो ।
गत वैशाख १२ गते मञ्चको बैठक दमकमा बसेको थियो । बैठकले अध्यक्ष लिङ्देनलाई कारबाही गरेको थियो । बैठकमा गुरुङले लिङ्देनलाई ४४ बुँदे अभियोगपत्र पेश गरेका थिए ।
विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी मञ्चको विभाजित पार्टीसँगै कोचिला एकता संघर्ष समिति तथा नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुङले पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।
यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियान कोशी प्रदेशमा पहिचानको माग गर्दै कोशी नाम खारेजको पक्षमा भइरहेको आन्दोलनमा सहभागी हुँदै आएका थिए ।
पार्टी एकीकरण गर्ने विषयमा लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेको गुरुङले जानकारी दिए । उन्मुक्ति पार्टीसँग एकता भइसकेपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी (एकीकृत) राखिएको छ । केन्द्रीय समिति ६९ जनाको रहने र १५ सदस्य पदाधिकारी हुने सहमति भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव ३, सचिव ७ र सहसचिव ३ जना रहने भएका छन् ।
उक्त पार्टीले शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।
यता कुमार लिङ्देनले भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कसैसँग एकीकरण नगरेको बताएका छन् । दुई प्रतिशत कार्यकर्ता मात्रै आफ्नो पार्टीबाट गएको उनले दाबी गरे ।
लिङ्देनले २८५ जना संघीय कार्यसमिति रहेको बताउँदै पार्टी फुटाएर जानेहरुले ४० प्रतिशत पुर्याउनै नसक्ने बताए । ‘हावातालमा पार्टीभित्र भ्रम छरेर एउटा सानो समूह मात्रै बाहिरिएको हो,’ उनले भने, ‘दुई वर्षदेखि उनीहरु निष्क्रिय थिए । पहिचानको आन्दोलनमा पनि असहयोग गरिरहेका थिए । निर्वाचनमा पनि उनीहरुको असहयोग रह्यो । यस्तो अवस्थामा उहाँहरु बाहिरिएकै राम्रो भयो नि । त्यहाँबाट राम्रो गर्नुहोस् भन्ने मेरो सुझाव छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण