डा.इन्द्रजितका छोरा नीरज राईविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा नीरज राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पूर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईका छोरा नीरज विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले डा. ईन्द्रजित राईलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् ।
आरोपी मध्येका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने बारे नेकपा (एमाले)का सचिव टोप बहादुर रायमाझीलाई जानकारी भएको बयान दिएका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी नातामा आफ्नो ‘मामा’ पर्ने भण्डारीले बताएका छन् ।
५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । एमाले सचिव रायमाझीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण