राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
मङ्गलबार, १९ वैशाख २०८०, १६ : २९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार कीर्तिपुरस्थित खेल मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएईलाई हराउँदै नेपाली टोली एसिया कपमा छनौट भएको थियो ।
यस अवसरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले खेलाडीहरू, प्रशिक्षकहरू तथा सम्बन्धित पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेका हुन् ।
‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु । भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु’, राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण