देशभर संगठन निर्माणमा होमिने रास्वपाको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब देशभर संगठन निर्माणमा ध्यान दिने भएको छ । रास्वपाले जनताको मुद्दालाई प्राथमिकता दिँदै देशव्यापी संगठन निर्माणमा होमिने घोषणा गरेको हो ।
शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा विपक्षी बेन्चमा बस्ने निर्णय लिएको छ ।
सोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जनमत र जनभावनाको कदर गर्दै विपक्षी बेन्चमा बस्ने निर्णय भएको जानकारी दिए ।
‘हामीले जनमत र जनभावनाको कदर गर्नुपर्ने हुन्छ । उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक (देशभित्र र देशबाहिर रहेका नेपालीहरु)को भावना नै सशक्त प्रतिपक्षको भूमिका तपाईँहरूले गर्नुपर्छ भन्ने थियो’, सरकारबाट बाहिरिनुको कारण खुलाउँदै रविले भने । अब पार्टीलाई चुस्त बनाएर अघि बढ्नुपर्ने बेला आएको भन्दै रविले त्यही अनुरुप पार्टी अघि बढ्ने बताए ।
‘हामीले पार्टीभित्र धेरै काम गर्नुपर्ने छ। विशेषगरी संगठन निर्माणलाई अगाडि पनि लैजानुपर्छ’, उनले भने, ‘हामीले जनभावनाअनुसार काम गछौँ । संगठन निर्माणलाई प्राथमिकता दिन्छौँ ।’
उनले रचनात्मक प्रतिपक्षी कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै पार्टीले त्यो देखाउने प्रयास गर्ने बताए । ‘जनताका, समाजका र राष्ट्रिय मुद्दालाई रास्वपाले कुन ढंगले राख्छ भन्ने आम जनताले हेर्न चोकका छन् । यसमा ठूलो योगदान दिन सकिन्छ भन्ने हाम्रो विश्वास छ’, रविले भने ।
उनले पार्टी सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने बताए । तर अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण