मोदी इनर्जीको आईपीओ बाँडफाँड
काठमाडौँ । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरूलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरी ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण