बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
बार्सिलोना । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले आइतबार राति भएको खेलमा एस्पान्योललाई ४—२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
जारी सिजनको ला लिगामा आफ्नो ४ खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले उपाधि पक्का गरेको हो । बार्सिलोनाले सन् २०१८/१९ सिजनपछि जितेको यो पहिलो ला लिगा उपाधि हो । बार्सिलोनाले जितेको यो २७औँ ला लिगा उपाधि पनि हो । २७ पटक भने बार्सिलोनाले उपविजेतामै चित्त बुझाउनु परेको थियो ।
आफ्नै सहरको प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध बार्सिलोनाले पहिलो हाफमै ३ गोल गरेको थियो । छिटोभन्दा छिटो उपाधि पक्का गर्ने धुनमा रहेको बार्सिलोनाका लागि पोल्यान्डका ३४ वर्षीय स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले २ गोलको योगदान गरे ।
खेल सुरु भएको ११औँ मिनेटमै लेवान्डोवस्कीले टोलीका लागि पहिलो गोल गरेका थिए । २०औं मिनेटमा १९ वर्षीय स्पेनिस खेलाडी एलेस्यान्ड्रो ब्लेडले टोलीको अग्रता दोब्बर बनाएका थिए । ४०औँ मिनेटमा लेवान्डोवस्कीले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडि बढाए । जारी सिजनको लिगमा लेवान्डोवस्कीले गरेको गोल सङ्ख्या २१ पुगेको छ ।
यसैगरी खेलको ५३औँ मिनेटमा जुल्स कोन्डेले बार्सिलोनाका लागि चौथो गोल थपे । एस्पान्योलले भने दुबै खेल खेलको अन्त्यतिर फर्काएको थियो । एस्पान्योलका लागि ७३औँ मिनेटमा जावी प्वाडोले पहिलो र इन्जुरी समयमा होजेलुले दोस्रो गोल फर्काए ।
हालसम्म ३४ खेल सकेको बार्सिलोनाको ८५ अङ्क छ । समान खेलबाट ७१ अङ्क बटुलेको रियल मड्रिड दोस्रो स्थानमा छ । बाँकी ४ वटै खेलमा रियल विजयी र बार्सिलोना पराजित भए पनि रियलले बार्साको अङ्क भेट्टाउन सक्दैन ।
आफ्ना स्टार खेलाडी लियोनल मेसी क्लब छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएयता बार्सिलोनाले जितेको यो पहिलो ला लिगा उपाधि पनि हो । हारसँगै एस्पान्योल भने रेलिगेसनको खतरामा परेको छ । ३४ खेलबाट ३१ अंकसहित एस्पान्योल तालिकाको १९औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण