भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारी वकिलको भूमिका ठिक छैन : अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्रीको मातहतको महान्यायाधिवक्ताको कार्यालयको काम कारबाही ठिक छैन, सरकारी वकिल दिनभर घाम ताप्ने गरिरहेको छ’, उनले भने, ‘आज फुर्सद छैन, भोलि फुर्सद छैन । प्रमाण कमजोर बनाउने, मेटाउने र अल्छी गर्ने, त्यसकारणले सरकारी वकिलको भूमिका सही छैन ।’
बिचौलियाले राज्यका सबै निकाय कब्जा गरेको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको बताए । साथै उनले सक्कली भुटानी शरणार्थीमाथि समेत शङ्का उत्पन्न भएको बताए । उनले पुलिसले मात्र भ्रष्टाचार हेर्न नसक्ने भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान