भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारी वकिलको भूमिका ठिक छैन : अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्रीको मातहतको महान्यायाधिवक्ताको कार्यालयको काम कारबाही ठिक छैन, सरकारी वकिल दिनभर घाम ताप्ने गरिरहेको छ’, उनले भने, ‘आज फुर्सद छैन, भोलि फुर्सद छैन । प्रमाण कमजोर बनाउने, मेटाउने र अल्छी गर्ने, त्यसकारणले सरकारी वकिलको भूमिका सही छैन ।’
बिचौलियाले राज्यका सबै निकाय कब्जा गरेको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको बताए । साथै उनले सक्कली भुटानी शरणार्थीमाथि समेत शङ्का उत्पन्न भएको बताए । उनले पुलिसले मात्र भ्रष्टाचार हेर्न नसक्ने भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण