चीनमा डुङ्गा पल्टिदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्वारा तीव्र उद्धारमा लाग्न निर्देशन
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।
उनले सम्बन्धित विभागहरूलाई आपत्कालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन् । उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् ।
जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेसनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण