प्रधानमन्त्री प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । आइतबार मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका थिए ।
कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए । ‘राजनीतिक जटिलता भएर फुकाउन प्रधानमन्त्रीज्यूलाई भेटेका होइनौं । कर्णालीमा सबै ठिकठाक चलिराखेको छ’ शर्माले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्नुपर्छ र ठुला आयोजनामा बजेट विनियोजन गर्नुपर्छ भन्ने माग छ ।’
प्रधानमन्त्रीलाई कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको सवालमा छलफल भएको शर्माले बताए । यस्तै कर्णालीका सबै जिल्लामा बिजुली पुर्याउनेदेखि राज्यले नै उद्योग चलाउनुपर्ने विषयमा छलफल भएको बताए । मुख्यमन्त्री शर्मा सहितको टोली केहीदिन काठमाडौंमै बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण