प्रधानमन्त्री प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । आइतबार मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका थिए ।
कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए । ‘राजनीतिक जटिलता भएर फुकाउन प्रधानमन्त्रीज्यूलाई भेटेका होइनौं । कर्णालीमा सबै ठिकठाक चलिराखेको छ’ शर्माले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्नुपर्छ र ठुला आयोजनामा बजेट विनियोजन गर्नुपर्छ भन्ने माग छ ।’
प्रधानमन्त्रीलाई कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको सवालमा छलफल भएको शर्माले बताए । यस्तै कर्णालीका सबै जिल्लामा बिजुली पुर्याउनेदेखि राज्यले नै उद्योग चलाउनुपर्ने विषयमा छलफल भएको बताए । मुख्यमन्त्री शर्मा सहितको टोली केहीदिन काठमाडौंमै बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक