आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सम्बन्धमा हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्, छिट्टै बलियो हुनेछ सम्बन्ध

मङ्गलबार, ०९ जेठ २०८०, १६ : १७
मङ्गलबार, ०९ जेठ २०८०

नयाँ सम्बन्धमा कुरा गर्नका लागि धेरै विषय हुन्छन् । एक अर्कालाई मन पर्ने, मन नपर्ने कुरा, परिवार, साथीभाइ आदिको जिज्ञासा हुन्छ र यस्ता कुराहरू गर्न रमाइलो पनि लाग्छ ।  तर, समयको साथसाथै सम्बन्धलाई बलियो बनाउन केही महत्त्वपूर्ण कुराहरू बुझ्न र त्यसको पालना गर्न पनि आवश्यक हुन्छ । यदि तपाईं आफ्नो सम्बन्धलाई गम्भीरतापूर्वक लिइरहनुभएको छ र जीवनभर आफ्नो पार्टनरसँग बस्न चाहनुहुन्छ भने, तपाईंले केही कुराहरूलाई ध्यानमा राखेर आफ्नो सम्बन्धलाई बलियो बनाउन सक्नुहुन्छ । यहाँ यसबारे कुरा गरिएको छ ।

नयाँ सम्बन्धलाई यसरी बनाउनुहोस् बलियो

सँगै समय बिताउन

रोडटुग्रो काउन्सिलिङका अनुसार, तपाईंले जति धेरै समय सँगै बिताउनुहुन्छ, एक अर्कालाई त्यति नै धेरै राम्रोसँग बुझ्नुहुनेछ । तर यसो भन्दैमा जति बेला पनि सँगै घुम्ने भनेको चाहिँ होइन । तपाईंहरु कुनै खेल सँगै खेल्न सक्नुहुन्छ, बिहान वा साँझको पैदल यात्रा गर्न सक्नुहुन्छ, एउटै किताब सँगै पढ्न सक्नुहुन्छ र त्यस विषयमा छलफल गर्न सक्नुहुन्छ । यति मात्र होइन, इयरफोनमा एउटै गीत सुन्नु, खाना बनाउनु पनि सँगै समय बिताउने राम्रो माध्यम हुनसक्छ ।

आवश्यकताहरू सोध्नुहोस्

यदि तपाईं समय–समयमा आफ्नो पार्टनरको आवश्यकताबारे सोधिरहनुहुन्छ भने, तपाईंले उनलाई राम्रोसँग चिन्ने मात्र होइन, तपाईंको पार्टनरले तपाईंसँग भावनात्मक निकटता पनि महसुस गर्नेछ । यति मात्र होइन, तपाईंले आफ्नो पार्टनरलाई खराब समयमा मद्दत गरेर पनि उनको मन जित्न सक्नुहुन्छ ।

आफ्नो डर, क्रोध र भावना व्यक्त गर्नुहोस्

तपाईंको सम्बन्धको लागि यो धेरै महत्त्वपूर्ण छ । तपाईंले आफ्नो भित्री डर, क्रोध र भावनाबारे आफ्नो पार्टनरसँग कुरा गर्न सक्नुहुन्छ । तपाईं कहिले आफ्नो सम्बन्धमा असुरक्षित महसुस गर्नुहुन्छ भन्नेबारे पनि कुरा गर्न सक्नुहुन्छ । यसका लागि तपाईं पत्रको मद्दत लिन सक्नुहुन्छ ।

यसरी व्यक्त गर्नुहोस् क्रोध 

यदि तपाईंलाई धेरै रिस उठ्छ भने, आफू शान्त हुने बेलासम्म पर्खनुहोस् । कुनै गम्भीर समस्यामा कुरा गर्नका लागि पार्टनरसँग सही समय माग्नुहोस् । दोस्रो व्यक्तिको मन नदुखाई तपाईं आफ्नो रिस व्यक्त गर्न सक्नुहुन्छ । तपाईंले माफी माग्दै आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ ।

प्रशंसा आवश्यक

आफ्नो पार्टनरलाई हरेक दिन कम्तीमा एक पटक प्रशंसा गर्ने कोसिस गर्नुहोस् । यसरी नेगेटिभ सेल्फ इमेज टुट्नेछ र पार्टनरको मनमा तपाईंका लागि सकारात्मक विचार आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप