शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दूधमा यो मसला मिसाएर पिउनुका पाँच ठुला फाइदा : प्रतिरोधी क्षमता बढ्छ, हड्डी पनि बलियो

बिहीबार, ११ जेठ २०८०, ११ : ४२
बिहीबार, ११ जेठ २०८०

आयुर्वेदका अनुसार हरेक घरको भान्छा, थुप्रै औषधिको खजाना हो । घरको भान्सामा  राखिएको मसला धेरै रोगहरू हटाउन सक्षम हुन्छन् । यसको नियमित सेवनले स्वास्थ्यका लागि धेरै फाइदा पुर्याउन सक्छ । तीमध्ये एउटा मसला हो कालो मरिच । कालो मरिच थुप्रै औषधीय गुणले भरपुर हुन्छ । हेर्दा यो जति सानो हुन्छ, यसको गुण त्यति नै ठुलो हुन्छ । यो मसलामा एन्टीमाइक्रोबियल, एन्टिइन्फ्लेमेटरी, एन्टिओबेसिटी र एन्टिब्याक्टेरियल जस्ता विभिन्न गुण पाइन्छन् । यसै कारण कालो मरिच थुप्रै रोगसँग लड्न सक्षम हुन्छ । यदि तपाईं मरिचलाई दूधमा मिसाएर पिउनुहुन्छ भने प्रतिरोधी क्षमता बलियो हुनेछ । आउनुहोस्, यसका पाँच फाइदा बारे जानकारी लिऔँ । 

मुटुको स्वास्थ्यका लागि राम्रो

हेल्थलाइनको एक खबर अनुसार कालो मरिचको फाइदाको सुची निकै लामो छ । यो मसलालाई दूधमा मिसाएर पिउँदा मुटुसँग सम्बन्धित केही समस्यामा राहत प्रदान गर्छ । यसको नियमित सेवनले शरीरको रगत सफा हुन्छ ।

प्रतिरोधी क्षमता बढाउँछ

दूध र कालो मरिच दुवै औषधीय गुणले भरिपूर्ण हुन्छ । दूधमा क्याल्सियम प्रोटिन, भिटामिन बी टु, बी १२, भिटामिन डी, जिङ्क, पोटासियम, फस्फोरस र थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् । यदि तपाईं कालो मरिचलाई दूधमा मिसाएर पिउनुहुन्छ भने प्रतिरोधी क्षमता बलियो हुन्छ । साथै, विभिन्न खालका भाइरस आदिबाट पनि जोगाउनेछ ।

मोटोपना नियन्त्रणमा रहने

तौल घटाउन दूध र कालो मरिचको महत्त्वपूर्ण भूमिका हुन्छ । स्मरण रहोस्, कालो मरिच खाँदा शरीरमा जम्मा भएको बोसो सजिलै कम हुन्छ । यद्यपि, यसका लागि तपाईंले लो–फ्याट युक्त दूध प्रयोग गर्न सल्लाह दिइन्छ । 

हड्डी बलियो हुनेछ

हड्डी बलियो बनाउनका लागि दूध असाध्यै प्रभावकारी मानिन्छ किनभने यसमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउने काम गर्छ । यदि तपाईं दूधमा कालो मरिच राखेर पिउनुहुन्छ भने हड्डीले दोब्बर मजबुती पाउन सक्नेछ । साथै, जोर्नी दुखाइबाट पनि राहत दिलाउनेछ ।

रुघा–खोकीबाट राहत दिने

दूधसँग कालो मरिचको सेवन रुघा–खोकीका लागि फाइदाजनक हुन्छ । परिवर्तित मौसममा यस्तो खालको समस्या साधारण हो । यस्तोमा यस्तो खालको समस्यासँग जुध्नका लागि दूधमा कालो मरिच राखेर पिउनु लाभदायक हुनसक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप