सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आशिषले दोस्रो विवाह र सम्बन्धविच्छेदको कारण खुलाउँदै भने, ‘एक्लै हिँड्न चाहँदैनथेँ’

आइतबार, १४ जेठ २०८०, ११ : ४०
आइतबार, १४ जेठ २०८०

बलिउडका दिग्गज अभिनेता आशिष विद्यार्थीले २५ मेमा फेसन डिजाइनर रुपाली बरुआसँग विवाह गरेका छन् । अलि पाको उमेरमा विवाह गरेपछि मानिसहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ । अब आशिष आफैँले आफ्नो विवाहबारे प्रतिक्रिया दिएका छन् । उनले आफ्नो सोसल मिडिया अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले आफ्नो पहिलो विवाहबारे कुरा गरेका छन् ।

आशिषले के भने ?

भिडियोमा आशिषले भने, ‘नमस्कार, हामी सबैको आ–आफ्नै जीवन छ र भिन्न–भिन्न आवश्यकता छन् । हामी सबैसँग भिन्न अवसर छन् र भिन्न ब्याक ग्राउन्ड छ जसलाई हामी आफ्नो हिसाबले निभाउँछौँ । तर एउटा कुरा भने सबैको उस्तै छ । हामी सबै खुसीले बाँच्न चाहन्छौँ । मेरो जीवनमा पनि करिब २२ वर्ष अघि पिलु आइन् । हामी दुई जना निकै राम्रो साथी बनेर श्रीमान्–श्रीमती झैँ सँगै हिँड्यौँ । यति बेला प्यारा अर्थ जन्मिए । ऊ ठुलो भयो, कलेज गयो र अब जागिर खाइरहेको छ ।’

‘हामी जसरी जीवनयापन गर्न चाहन्छौँ, त्यसमा भिन्नता छ’

‘तर पछिल्लो दुई तीन वर्षदेखि हामीले आफ्नो यो सम्बन्धको भविष्यमा भिन्नता पायौँ ।  एक अर्काको भविष्यलाई हेर्ने दृष्टिकोण पनि थोरै भिन्न थियो । मैले र पिलुले मतभेद सुल्झाउने निर्णय गर्यौँ पनि तर यस्तो गरेको भए पनि कोही एक अर्कोमाथि हाबी हुन्थे ।’

‘हामी दुनियाँलाई देखाउनका लागि सँगै बस्थ्यौँ पनि होला तर हामी भित्रैदेखि दुखी हुन्थ्यौँ । हामी यो सम्बन्धमा खुसी थियौँ तर यो मतभेदका कारण अघि बढ्न सक्दैनौँ भन्ने लागेपछि हामी अलग्गिने निर्णय गर्यौँ ।’

‘हामीले आदर र दया भावसहित अलग्गिने निर्णय गर्यौँ । सँगै बसेर कुराकानी गर्यौँ, छोरा अर्थसँग कुराकानी गर्यौँ र त्यसपछि अलग भयौँ ।’

‘एक्लै हिँड्न चाहँदैनथेँ’

आशिषले आफू एक्लै बाँच्न नचाहेको बताए । उनले भने, ‘मलाई एउटा साथी चाहिएको थियो । अघिल्लो वर्ष मेरो भेट रुपाली बरुआसँग भयो र करिब एक वर्ष कुराकानी गरेपछि हामीले विवाह गर्ने निर्णय गर्यौँ । उनी ५७ वर्षकी हुन् र म ५७ को । ६० वर्ष पुगिसकेको छैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप