२ करोडको रक्तचन्दन तेलसहित ८ जना पक्राउ
आइतबार, १४ जेठ २०८०, १८ : ०५
काठमाडौँ । रक्तचन्दनको तेलको अवैध रूपमा कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । काठमाडौँको चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर रु २ लाख ५० हजारका दरले अवैध कारोबार भइराखेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँका ३० वर्षीय सुशील पाठक, कालिकोटका २८ वर्षीय विनोद बराल, सुर्खेतका ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछापका ३५ वर्षीय नवीन दाहाल र ३९ वर्षीय गोकर्ण हरि दाहाल, बाँकेका ५८ वर्षीय निल कान्त भुसाल, धादिङका ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुका ४० वर्षीय खेमराज घिमिरे रहेका छन् ।
उनीहरूलाई रक्त चन्दनको तेल सहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण