शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हाई हिल्स लगाउन गाह्रो हुन्छ ? यसो गरे हुन्छ सहज

मङ्गलबार, १६ जेठ २०८०, ११ : २३
मङ्गलबार, १६ जेठ २०८०

हाई हिल्स धेरै महिलालाई मनपर्छ । मन पनि किन नपरोस्, ट्रेडिङ फेसनदेखि व्यक्तित्व निखार्नसम्म हाई हिल्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । कति पटक महिलाले चाहेर पनि हाई हिल्स लगाउन सकिरहेका हुँदैनन् । यस्तोमा तपाईंले केही टिप्स अपनाएर हाई हिल्स लगाउन सक्नुहुन्छ ।

हाई हिल्स लगाउन नसक्नुको कारण

धेरै युवती र महिलाको हाई हिल्स लगाउने बानी हुँदैन । तरपनि विशेष कार्यक्रममा उनीहरुले हाई हिल्स लगाउने गर्छन् । तर विशेष कार्यक्रममा लगाएको हिलले खुट्टा असाध्यै दुखाउँछ, जसले गर्दा तपाईंको टाउकोसमेत दुख्छ  त्यसैले त कतिलाई हिल लगाउनै नपरोस् जस्तो पनि हुन्छ । यसो हुँदा कुनै विशेष अवसरमा हिल लगाउनु अघि यसको राम्रोसँग बानी पार्नुपर्ने हुन्छ । 

साइजमा ध्यान दिनुहोस्

हाई हिल्स कहिले पनि हतारमा नकिन्नुहोस् । तपाईंले साइज र कम्फर्टमा पनि ध्यान दिनुपर्छ । कुनै राम्रो ब्रान्डको हाई हिल्स छान्नुभयो भने यसले तपाईंको खुट्टा खासै नदुखाउन पनि सक्छ । 

हाई हिल्स लगाउने बानी बिस्तारै पार्नुहोस्

कुनै पनि विशेष मौकामा अचानक हाई हिल्स लगाउँदा असाध्यै गाह्रो हुन्छ । एक दिन अचानक हाई हिल्स लगाउँदा तपाईंको आत्मविश्वास पनि कम हुनसक्छ । त्यसैले हाई हिल्स लगाउने बानी बिस्तारै पार्नुहोस् । यस्ता जुत्तालाई घर भित्रै लगाएर पनि बानी पार्न सक्नुहुन्छ वा कतै बाहिर जाँदा पनि लगाउनुभयो भने हिल्समा तपाईंको बानी पर्छ । 

block heelsब्लक हिलबाट सुरु गर्नुहोस्

सिधै हाई हिल लगाउनु तपाईंका लागि जोखिमयुक्त हुनसक्छ । त्यसैले हिल लगाउने बानी पार्न सुरुमा ब्लक हिल लगाउनुहोस् । ब्लक हिल लगाउन सहज भएपछि हाई हिल्स लगाउन सुरु गर्न सक्नुहुन्छ । हाई हिल्स लगाउँदा तपाईंले के कुरा ध्यानमा  राख्नुपर्छ भने तपाईंको दबाब औँलाको साटो कुर्कुच्चामा हुनुपर्छ ।

pumpsपम्प्सबाट सुरु गर्न सक्नुहुन्छ

हिल्स लगाउनुभन्दा अघि तपाईंले पम्प्स (जुत्ताको एक प्रकार) मा पनि आफ्नो बानी पार्न सक्नुहुन्छ । पम्प्स पनि निकै ट्रेन्डी छ र लगभग सबै पहिरनमा सुहाउँछ । जब तपाईंलाई यस्तो जुत्ता लगाउने बानी पर्छ तब हाई हिल्समा सिफ्ट हुन सक्नुहुन्छ ।

यति इन्चको हिल लगाएर सुरुवात गर्नुहोस्

हिल्स लगाउने बानी पर्न थालेपछि तपाईंले एकै पटक हाई हिल्स नलगाउनुहोस् । सुरुमा २–३ इन्चको हिलबाट सुरु गर्नुहोस् । यो लगाउने बानी परेपछि मात्रै पेन्सिल हिल वा ४–५ इन्चको हिल लगाउने कोसिस गर्नुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप