लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।
यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड र चालुतर्फ १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
समानीकरण अनुदानतर्फ ८अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानतर्फ ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानतर्फ ८४ करोड तथा विशेष अनुदानतर्फ ५६ करोड छुटुयाइएको छ ।
संघीय सरकारबाट लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्त्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ । यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि निरन्तरता दिइएको छ ।
४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको लागि निरन्तरता दिइएको छ । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट दिने घोषणा गरेको छ ।
उता, भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गर्ने, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने घोषणा गरेको छ । गुल्मीको रेसुङ्गा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाउन पनि बजेटमा उल्लेख छ ।
यस्तै, रुपन्देहीको बुटवल कर्साघाटमा बृहत् कृषि परियोजना सञ्चालन गर्नेदेखि बुटवल–नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । कोहलपुर–बुटवल सडक, बुटवल–पोखरा सडक स्तरोन्नति तथा सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद