लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।
यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड र चालुतर्फ १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
समानीकरण अनुदानतर्फ ८अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानतर्फ ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानतर्फ ८४ करोड तथा विशेष अनुदानतर्फ ५६ करोड छुटुयाइएको छ ।
संघीय सरकारबाट लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्त्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ । यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि निरन्तरता दिइएको छ ।
४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको लागि निरन्तरता दिइएको छ । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट दिने घोषणा गरेको छ ।
उता, भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गर्ने, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने घोषणा गरेको छ । गुल्मीको रेसुङ्गा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाउन पनि बजेटमा उल्लेख छ ।
यस्तै, रुपन्देहीको बुटवल कर्साघाटमा बृहत् कृषि परियोजना सञ्चालन गर्नेदेखि बुटवल–नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । कोहलपुर–बुटवल सडक, बुटवल–पोखरा सडक स्तरोन्नति तथा सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण