बागमतीले पायो करिब १६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण
मकवानपुर । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशमा करिब १६ अर्ब रकम वित्तीय हस्तान्तरण गरेको छ ।
सरकारले बजेट वक्तव्यमार्फत् बागमती प्रदेशका लागि १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ विभिन्न अनुदान शीर्षकमा वित्तीय हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशका लागि सरकारले चालुतर्फ १० अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र पुँजीगततर्फ ५ अर्ब ९ करोड ६४ लाख रुपैयाँ वित्तीय हस्तान्तरणको लागि बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेकोमा सबैभन्दा बढी कर्णाली प्रदेशमा रहेको छ ।
दोस्रोमा कोशी प्रदेश र तेस्रोमा बागमती प्रदेशका लागि सरकारले वित्तीय हस्तान्तरण विनियोजन गरेको छ ।
सरकारले हस्तान्तरण गरेको वित्त बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान समेटिएको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशमा समानीकरण अनुदानतर्फ ८ अर्ब एक करोड ३५ लाख रुपैयाँ रहेको छ । जसमा न्यूनतम अनुदान रकम २ अर्ब ६२ करोड एक लाख रुपैयाँ, सूत्रमा आधारित अनुदान ५ अर्ब ४ करोड १५ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ३५ करोड १९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बागमती प्रदेशमा सशर्त अनुदानतर्फ ५ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ रहेको छ । जसमा चालुतर्फ २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ र पुँजीगततर्फ ३ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले विशेष अनुदानतर्फ बागमती प्रदेशका लागि चालुतर्फ २८ करोड रुपैयाँ र पुँजीगततर्फ ४५ करोड रुपैयाँ गरी ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, समपूरक अनुदानतर्फ बागमती प्रदेशलाई एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण