एसियाडका लागि कराँते खेलाडी छानिए
काठमाडौँ । चीनको हाङ्झोउमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि कराँतेको अन्तिम छनोट सम्पन्न भएको छ । आगामी एसियाली खेलकुदका लागि कराँतेबाट आठजना खेलाडी छनोट भएका हुन् । छनोट प्रतियोगिता जेठ १६ र १७ गते भएको थियो ।
कराँतेका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, महिला ६८ केजीभन्दा माथिको तौलसमूहमा एरिका गुरुङ एसियाडका लागि छनोट भएकी छन् । महिला ६१ केजीभन्दा मूनिको तौलसमूहमा निरुपा तामाङ छनोट भएकी छन् ।
यसैगरी महिला ५०—५५ केजी तौलसमूहका लागि सविना श्रेष्ठ छनोट भएकी छन् । महिला एकल काताका लागि एलिशा रास्तकोटी छनोट भएको जानकारी प्रशिक्षक श्रेष्ठले दिए । पुरुष ६७ केजीभन्दा मूनिको तौलसमूहमा सन्तोष श्रेष्ठ छनोट भएका छन् ।
यसैगरी पुरुष ७५ केजीभन्दा मूनिको तौलसमूहमा मोहम्मद सेख छनोट भएका छन् । पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा विप्लभ श्रेष्ठले एसियाडमा स्थान बनाएका छन् । पुरुष एकल कातामा स्वर्णिम मानन्धर छनोट भएका छन् । १९औं एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण