बाटोमा हिँडिरहेकी महिलाको सिक्री लुटपाट गर्ने पक्राउ
बुधबार, १७ जेठ २०८०, १८ : १३
काठमाडौँ । बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाको सिक्री लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ बस्ने पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् ।
गत चैत १७ गते काठमाडौँ महानगरापलिका–३२ स्थित पेप्सीकोलामा गेटवे मन्टेस्वरी स्कुल अगाडि भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ बस्ने मनमाया छुजुले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री पछाडिबाट २ सय सिसीको पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लुटेर फरार भएका थिए । घटनापछि फरार रहेका
मोटरसाइकल चालक तामाङलाई प्रहरीले काठमाडौँको जोरपाटीबाट मंगलबार पक्राउ गर्न भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण