पत्नीलाई हँसिया प्रहार गरी घाइते बनाउने पति पक्राउ
बिहीबार, १८ जेठ २०८०, १४ : २७
सुर्खेत । सुर्खेतमा पत्नीमाथि हँसिया प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ बाघखोरका २९ वर्षीय किरण नेपालीले श्रीमती अमृता नेपालीमाथि हँसिया प्रहार गरेका हुन् ।
हँसिया प्रहारपछि घाइते २६ वर्षीया अमृताको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । मानसिक रोगको औषधी सेवन गरिरहेका किरणले आज बिहान एक्कासि अमृतामाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए । ‘केटा पनि मानसिक रोगीजस्तै छ, उनलाई अस्पताल पुर्याउने तयारी भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण