साउदी अरबका लागि इटालीले लियो हतियार सम्बन्धी महत्त्वपूर्ण निर्णय
इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।
इटालीले सन् २०१९ र २०२० मा साउदी अरबलाई सैन्य हतियार बेच्न प्रतिबन्ध लगाएको थियो । इटालीलाई डर थियो कि यसको प्रयोग यमन सङ्कटका बेला प्रयोग हुन सक्छ ।
इटाली सरकारले जारी गरेको विज्ञप्तिमा साउदी अरबको हालैको शान्ति प्रयासलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ ।
यमनमा, इरान–समर्थित हुती विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानाबाट सरकारलाई हटाएको थियो, त्यसपछि साउदी अरब समर्थित सैन्य गठबन्धनले सन् २०१५ देखि सरकार पुनर्स्थापना गर्ने प्रयास गरिरहेको छ ।
साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शान्ति प्रक्रिया सुरु हुन सकेको छ ।
इटालीले साउदी अरब बारे आफ्नो निर्णय युनाइटेड अरब इमिरेट्स (युएई) मा हतियार प्रतिबन्ध फुकुवा गरेको गत महिना भएको निर्णयसँग मिल्दोजुल्दो रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्तिश्री परियारले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर