साउदी अरबका लागि इटालीले लियो हतियार सम्बन्धी महत्त्वपूर्ण निर्णय
इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।
इटालीले सन् २०१९ र २०२० मा साउदी अरबलाई सैन्य हतियार बेच्न प्रतिबन्ध लगाएको थियो । इटालीलाई डर थियो कि यसको प्रयोग यमन सङ्कटका बेला प्रयोग हुन सक्छ ।
इटाली सरकारले जारी गरेको विज्ञप्तिमा साउदी अरबको हालैको शान्ति प्रयासलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ ।
यमनमा, इरान–समर्थित हुती विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानाबाट सरकारलाई हटाएको थियो, त्यसपछि साउदी अरब समर्थित सैन्य गठबन्धनले सन् २०१५ देखि सरकार पुनर्स्थापना गर्ने प्रयास गरिरहेको छ ।
साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शान्ति प्रक्रिया सुरु हुन सकेको छ ।
इटालीले साउदी अरब बारे आफ्नो निर्णय युनाइटेड अरब इमिरेट्स (युएई) मा हतियार प्रतिबन्ध फुकुवा गरेको गत महिना भएको निर्णयसँग मिल्दोजुल्दो रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण