नेपाल लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता प्रशिक्षण सम्पन्न
काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशको बिर्तामोड र इटहरी, मधेस प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६००० भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब १००० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
२०८० साल वैशाख ७ गते बिर्तामोडको सेन्ट्रल पोइन्ट होटल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना , वैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, वैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एन्ड पार्टी प्यालेसमा ५७० जना , वैशाख १६ गते वीरगन्जको होटल शाह दरबारमा ४५० जना, वैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४६० जना, वैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याङ्क्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरी कुल ६,०८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण