आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि...

शुक्रबार, २६ जेठ २०८०, १६ : ४१
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइदिएर चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय  ज्ञानु थापा रहेकी छन् । 

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट  मित्रताका लागि आएका अनुरोध  स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेको थियो ।  म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए । यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो । 

तर, पछि  थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो । 

अनुसन्धानका क्रममा थापाको संलग्नता खुलेपछि उनलाई  काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

स्याङ्जाबाट पक्राउ गरी उनीमाथि सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका उपनिर्देशक पशुपति कुमार रायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप