स्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा
शुक्रबार, २६ जेठ २०८०, १६ : ४४
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण