आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउन सकिन्छ : सांसद शर्मा

शुक्रबार, २६ जेठ २०८०, १७ : २३
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्व बजारमा पठाउन सके छिटै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका हुन् ।

क्युबा र बङ्गलादेशले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई वार्षिक खर्बौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिँदै सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे ।  नेपाल भन्दा ७५ प्रतिशत कम जनसङ्ख्या भएको देश क्युबाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, युके, फ्रान्स लगायत देशमा पठाई वार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्याङ्क सांसद शर्माले प्रस्तुत गरे । लाखौं युवाहरू मजदुरी गर्न खाडी मुलुक गइरहेको अवस्थामा देशमा डाक्टर, इन्जिनियरसहितका दक्ष जनशक्ति उत्पादन गरेर विश्व बजारमा पठाउन सके १० बर्षभित्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने सांसद शर्माको आकलन छ ।

  ‘क्युबा, बङ्गलादेश जस्ता मुलुकले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई वार्षिक खर्बौं पैसा देशमा भित्र्याइरहेका छन्,’ सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद शर्माले भने, ‘विश्व बजारमा बेच्न सकिने हाइड्रोपावर भन्दा पनि हटकेकको रूपमा यो क्षेत्र छ, मुलुकलाई समृद्ध बनाउन सरकारले यो विषयमा ध्यान दिओस् ।’

 बजेटले, विपन्न र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ जस्ता राम्रो शिक्षा पढ्न केही सहजीकरण नगरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकारी अस्पतालमा मात्र स्वास्थ्य बिमाको उपचार हुने भनेर सरकारले विमामा पनि व्यापार गरेको भन्दै सांसद शर्माले आक्रोश पोखे । विभिन्न बाहनामा मेडिकल कलेजमा सिट सङ्ख्या कटौती गर्ने गरिएको प्रति पनि सांसद शर्माले आपत्ति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप