शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कामदारको शैक्षिक प्रमाणपत्र अनिवार्यबारे बुझ्न सरकारले साउदी राजदूतलाई बोलायो

शनिबार, २७ जेठ २०८०, ११ : ४५
शनिबार, २७ जेठ २०८०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएकोबारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो । 

उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले बतायो । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो । 

दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप