कामदारको शैक्षिक प्रमाणपत्र अनिवार्यबारे बुझ्न सरकारले साउदी राजदूतलाई बोलायो
शनिबार, २७ जेठ २०८०, ११ : ४५
१
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएकोबारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो ।
उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले बतायो । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो ।
दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण