बस जलाउने कार्यमा संलग्न ५ जना पक्राउ
आइतबार, २८ जेठ २०८०, १६ : २५
मोरङ । यात्रुबाहक बस जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरेका गोकुल भण्डारी, जीवन थापा, अनमोल राई, आयुस रिजाल र मोहन कुमार मगर रहेका छन् । मोरङ प्रहरीका अनुसार जेठ २५ गते दिउँसो उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०१–०१–०१३ प २३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घटनामा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नम्बर २ का पवन सुबेदीको मृत्यु भएको थियो । घटनापछि अभियुक्तहरुले बसमा तोडफोड एवं आगजनी गरेको थिए । अभियुक्तहरुलाई आपराधिक उपद्रव कसूरमा मोरङ जिल्ला अदालतबाट दिन ७ म्याद थप भई अनुसन्धानको कार्य भई रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण