गोली प्रहार गरी लागूऔषध ओसारपसारमा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा
आइतबार, २८ जेठ २०८०, २० : ५९
काठमाडौँ । लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ बाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीले लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ । प्रहरीले भगतसँग एक सय ग्राम खैरो हिरोइनसमेत बरामद गरेको प्रवक्ता जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण