एयरपोर्टबाट ७ किलो चरेससहित विदेशी नागरिक पक्राउ
सोमबार, २९ जेठ २०८०, ११ : ५९
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।
विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार पउलले सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा थिए ।
प्रहरीले शङ्का लागेर सुटकेस खोतल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको जानकारी ठकुरीले दिए । थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण