आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतले करण–रणवीरमाथि निशाना साँधिन् : भनिन्, ‘दुर्योधन–शकुनीको यो जोडी उद्योगमा सबैभन्दा बेकार’

सोमबार, २९ जेठ २०८०, १५ : ४५
सोमबार, २९ जेठ २०८०

कंगना रनौतले फेरि एक पटक रणवीर कपुर र करण जोहरलाई निशाना बनाएकी छिन् । हिजो मात्रै कंगनाले नितेश तिवारीको फिल्म रामायणमा रणवीर कपूरलाई रामको भूमिकामा कास्ट गरेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । अहिले कंगनाले रणवीर कपूरलाई दुर्योधन र करण जोहरलाई शकुनी भनेकी छिन् ।

रणवीर–करणले मेरो र ऋतिकको झगडालाई उकासेः कंगना

कंगनाले सुशान्त सिंह राजपुतको मृत्युको लागि दुवैलाई दोष दिएकी छिन् । सामाजिक सञ्जालमा नोट शेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘रणवीर कपूर र करण जोहर सुशान्त सिंह राजपूत मृत्यु प्रकरणका वास्तविक दोषी हुन् । उनीहरुले मिलेर सुशान्तको विरुद्धमा झुटा र बेकार कुरा फैलाएका छन् ।’

यसबाहेक कंगनाले रणवीर कपुर र करण जोहरका कारण ऋतिक रोशनसँगको सम्बन्ध खराब हुँदै गएको पनि बताइन् । कंगनाले उनीहरुबीच चलिरहेको मनमुटाबमा दुवैले रेफरीको रूपमा काम गरेको आरोप लगाएकी छिन् ।

दुर्योधन–शकुनीको याे जोडी सबैभन्दा खराबः कंगना

कंगनाले लेखेकी छिन्, ‘म हिजो गरेका कुरालाई अगाडि बढाइरहेको छु । यस उद्योगमा धेरै खराब चिजहरू छन् तर यी मध्ये सबैभन्दा खराब हो दुर्योधन (ह्वाइट र्‌याट) र शकुनी (पापा जो) को जोडी ।

‘उनीहरू आफैँ मान्छन् कि उनीहरूलाई अरू मानिस देख्दा सबैभन्दा बढी जलन हुन्छ, उनीहरुले नै सबैभन्दा बढी कुरा काट्छन् र असुरक्षित महसुस गर्छन् । उनीहरू आफूलाई फिल्म इन्डस्ट्रीमा गसिप र इन्फर्मेसन तथा ब्रोडकास्टिङ मिनिस्ट्री भन्छन् ।’

सुशान्त मामिलामा रणवीर–करणको हात रहेको सबैलाई थाहा छ

कंगनाले थपिन्, ‘पूरै फिल्म इन्डस्ट्रीलाई थाहा छ कि सुशान्त सिंह राजपूत मृत्यु प्रकरणका वास्तविक दोषी करण जोहर–रणवीर कपूर हुन् । यी मानिसहरूले उनलाई आत्महत्या गर्न बाध्य पारे ।’

उसले मेरो विरुद्धमा धेरै गलत कुरा फैलाएका छन् र मेरो र ऋतिकको झगडामा जबरजस्ती हस्तक्षेप गरे र रेफरीको भूमिका लिए । त्यस बेलादेखि आजसम्म मेरो जीवन र करियरलाई नष्ट गरिरहेकै छन् ।

बलिउडमा डार्क वेब, जासुसी, ह्याकिङ सक्रिय : कंगना

कंगनाले थपेकी छिन्, ‘किनकि अब म यी कुराहरू तपाईंहरुको अगाडि ल्याएको छु, तपाईलाई भन्छु कि एक घृणित पिआर टिमले म र मेरो फिल्मविरुद्ध लगातार काम गरिरहेको छ, त्यसैले अब यी कुराहरू अलि कम भएका छन् । तर, आज म वाचा गर्छु कि जब म सत्य बाहिर ल्याउने स्थितिमा हुन्छ, यिनीहरूको भण्डाफोर गर्नेछु । यिनीहरू डार्क वेब, जासुस, ह्याकिङलगायत कस्ता चिजमा संलग्न छन्, यो सबै बताउनेछु ।’ 

‘म यसबारे लामो समयदेखि कुरा गर्दै आएकी छु । मलाई सुनिइदिनुभएकोमा तपाईंलाई धन्यवाद । अब यिनीहरू आफ्नै करियर डुबिरहेको छ, त्यसैले यिनीहरूले अरूको साटो आफ्नो जीवनमा ध्यान दिन सुरु गरेका छन् । ’

सही समय आउँदा यिनीहरूको भण्डाफोर गर्नेछु: कंगना

कंगनाले अहिले सत्यलाई बाहिर ल्याउन आफू सक्षम नभएको तर सही समय आएपछि आफूले अवैधानिक सबै कुरा उजागर गर्ने बताइन् । उनले यी व्यक्तिहरू विरुद्ध आफूसँग भएका प्रमाणहरूले यिनीहरूलाई जेलमा पठाउन पर्याप्त भएको पनि बताएकी छिन् । यसका साथै कंगनाले लामो समयदेखि आरामसँग सुन्ने मानिसहरूलाई पनि धन्यवाद दिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप