महिलाको हत्या आरोपमा एक जना पक्राउ
मङ्गलबार, ३० जेठ २०८०, १८ : १९
काठमाडौँ । महिलाको हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या गरेको आरोपमा बाराको कलैया नगरपालिका १८ घर भई हाल जनकपुर बस्दै आएका २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको हो ।
मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका ८ की ४२ वर्षीय उषा दासको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले मण्डललाई चितवनको हाकिम चोकबाट पक्राउ गरेको बताएको छ ।
प्रहरी अनुसन्धानबाट मण्डल र दासबीच अनैतिक सम्बन्ध रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुई जनाबीच विवाहको विषयमा विवाद हुँदा मण्डलले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण