लमजुङबाट ७ जना जुवाडे पक्राउ, १ लाख बरामद
काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिका–४ स्थित शेरामा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेको छ । ए–वान रेष्टुरेण्टमा सञ्चालित जुवा खालबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर बुद्धि सुवेदीले रातोपाटीलाई बताए ।
जुवा खालबाट प्रहरीले १ लाख १ हजार नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले जुवा खालबाट लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ प्रेम कुमार रान र केश राना सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी पर्शुराम गुरुङ पनि छन् । जुवा खालबाट १५२ पत्ति तास बरामद गरिएको छ ।
आरोपीहरुले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने गरेको भेटिएको हुनाले प्रहरीले त्यसतर्फ अनुसन्धान सुरु गरेको छ । उनीहरू विरुद्ध जुवा मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण