नाटक अभिनयमा डेब्यु गर्दै शिल्पा
काठमाडौँ । अभिनेत्री शिल्पा मास्के पछिल्लो समय फिल्म ‘परस्त्री’ को कारणले चर्चामा छिन् । फिल्ममा उनी बोल्ड रूपमा प्रस्तुत भएकी छन् । हिन्दी र नेपाली दुई भाषामा नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म असार १५ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
२०७६ सालमा रिलिज भएको फिल्म ‘द ब्रेक अप’ बाट अभिनय डेब्यु गरेकी शिल्पाले कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एलए, फूलबारी लगायत फिल्म अभिनय गरेकी छन् ।
शिल्पा अब नाटक अभिनयमा पनि डेब्यु गर्ने भएकी छन् । उनी उपन्यासकार कुमार नगरकोटीले लेखेको रहेको नाटक ‘ट्रान्जिट’ बाट रङ्गमञ्चमा डेब्यु गर्ने लागेकी हुन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुनेछ ।
नाटकमा शिल्पा सहित दिव्य देव, आकांक्षा कार्की, शिल्पा मास्के, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराजको अभिनय रहनेछ । शिल्पा नाटक प्रशिक्षणमा जुटिसकेकी छन् । नाटक अभिनयलाई लिएर आफू निकै उत्सुक रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण