प्रधानन्यायाधीशलाई आजै शपथ गराउने तयारी
काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै शपथ गराउने तयारी भएको छ । शपथका लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।
प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरुलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।
प्रवक्ता भट्टराईले भनिन्, ‘सपथका लागि हामी त तयारी अवस्थामै छौँ, अब समितिबाट नाम अनुमोदन भएको पत्र कति समयमा आइपुग्छ, त्यसपछि मात्रै सपथको मिति र समय भन्न सक्छौँ । आज समयमै पत्र आइपुगेको अवस्थामा आजै सपथ हुने सम्भावना पनि छ । तर अब पत्र कुन बेला आइपुग्छ भन्ने थाहा नभएकाले त्यसपछि मात्रै आज सपथ हुन्छ कि हुँदैन भन्न सकिन्छ । हामीलाई तीन घण्टाको समय भए पुग्ने भएकाले आज समयमै पत्र आइपुग्यो भने आजै सपथ हुनसक्ने सम्भावना छ ।’
संसदीय सुनुवाइ समितिका सचिव पदमप्रसाद पाण्डेयका अनुसार शुक्रबार करिब १२ बजेसम्ममा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको सर्वाधिक परिषद्लाई जानकारीसहितको पत्र पठाइनेछ । त्यसपछि संवैधानिक परिषद्बाट सोको जानकारीसहित सपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लेखिनेछ । राष्ट्रपति कार्यालयबाट सपथका लागि समय प्रदान भएपछि राष्ट्रपतिबाट सपथ गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण