आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

प्रधानन्यायाधीशलाई आजै शपथ गराउने तयारी

शुक्रबार, ०१ असार २०८०, ११ : ३१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै शपथ गराउने तयारी भएको छ । शपथका लागि आफुहरु तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।

प्रवक्ता भट्टराईका अनुसार समितिबाट नाम अनुमोदन भएको पत्र आएको तीन घण्टाको समय राष्ट्रपति कार्यालयका लागि तयारी गर्न लाग्नेछ । उक्त समयमा सपथमा बोलाउनुपर्ने सबै व्यक्तित्वहरुलाई पत्र पठाई बोलाउनका लागि समय लाग्ने भएकाले समयमै पत्र आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ । 

प्रवक्ता भट्टराईले भनिन्, ‘सपथका लागि हामी त तयारी अवस्थामै छौँ, अब समितिबाट नाम अनुमोदन भएको पत्र कति समयमा आइपुग्छ, त्यसपछि मात्रै सपथको मिति र समय भन्न सक्छौँ । आज समयमै पत्र आइपुगेको अवस्थामा आजै सपथ हुने सम्भावना पनि छ । तर अब पत्र कुन बेला आइपुग्छ भन्ने थाहा नभएकाले त्यसपछि मात्रै आज सपथ हुन्छ कि हुँदैन भन्न सकिन्छ । हामीलाई तीन घण्टाको समय भए पुग्ने भएकाले आज समयमै पत्र आइपुग्यो भने आजै सपथ हुनसक्ने सम्भावना छ ।’

संसदीय सुनुवाइ समितिका सचिव पदमप्रसाद पाण्डेयका अनुसार शुक्रबार करिब १२ बजेसम्ममा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको सर्वाधिक परिषद्लाई जानकारीसहितको पत्र पठाइनेछ । त्यसपछि संवैधानिक परिषद्बाट सोको जानकारीसहित सपथका लागि राष्ट्रपति कार्यालयमा पत्र लेखिनेछ । राष्ट्रपति कार्यालयबाट सपथका लागि समय प्रदान भएपछि राष्ट्रपतिबाट सपथ गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप