९ हजार घुससहित जनप्रतिनिधि पक्राउ
शुक्रबार, ०१ असार २०८०, २१ : ०४
काठमाडौँ । ९ हजार घुससहित बाँकेबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना जनप्रतिनिधि र एक जना कार्यालय सहयोगी छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीले कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।
सो आधारमा आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले दुबै जनालाई घूस रिसवत लिइसकेको अवस्थामा शुक्रबार वडा कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण