शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा निर्माण अभियान

यी हुन् समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्ने नेताहरु

सोमबार, ०४ असार २०८०, २३ : ०५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपाल निर्माणका लागि केही नेताहरुको उल्लेख्य भूमिका रहेको सोमाबार आयोजित घोषणा सभामा जानकारी दिइयो ।  कार्यक्रमका सञ्चालक जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्नमा केही नेताहरुको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए । 
सहमतिपत्र तयार गर्नमा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट नेता प्रमेश हमाल, नेकपाबाट नेता प्रकाण्ड र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए । 

चार जना नेताहरु मोर्चा बनाउने कार्यदलमा पनि रहेको र उनीहरुले निरन्तरको छलफलबाट अहिलेको निकास निस्किएको बताइएको छ ।  सोही कार्यदल र सहमति पत्रमार्फत सोमबार मोर्चा घोषणा सम्भव भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप