समाजवादी मोर्चा निर्माण अभियान
यी हुन् समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्ने नेताहरु
सोमबार, ०४ असार २०८०, २३ : ०५
काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपाल निर्माणका लागि केही नेताहरुको उल्लेख्य भूमिका रहेको सोमाबार आयोजित घोषणा सभामा जानकारी दिइयो । कार्यक्रमका सञ्चालक जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्नमा केही नेताहरुको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए ।
सहमतिपत्र तयार गर्नमा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट नेता प्रमेश हमाल, नेकपाबाट नेता प्रकाण्ड र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
चार जना नेताहरु मोर्चा बनाउने कार्यदलमा पनि रहेको र उनीहरुले निरन्तरको छलफलबाट अहिलेको निकास निस्किएको बताइएको छ । सोही कार्यदल र सहमति पत्रमार्फत सोमबार मोर्चा घोषणा सम्भव भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण