नेदरल्याण्ड पठाइदिन्छु भन्दै २६ लाख ठगी
सोमबार, ०४ असार २०८०, १८ : ५०
काठमाडौँ । नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको भन्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ घर भएका ३० वर्षीय बलराम थापा मगर रहेका छन् ।
मगरले टिकाजंग कार्कीलाई ‘वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुने सेल्स मेनमा जागिर लगाइदिन्छु’ भन्दै २६ पटक–पटक गरी २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।
वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मगरलाई सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण