चोरीको ३ वटा मोटरसाइकल सहित युवक पक्राउ
बुधबार, ०६ असार २०८०, १० : २१
काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा प्रहरी वृत्त चापागाउँले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ घर भएका गणेशमान घलान छन् ।
जेठ २९ मा ललितपुरको ठेचोमा पार्किङ गरेर राखेको बा.९५ प ६०७० नम्बरको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले बागमती गाउँपालिका–३ स्थित छपेलीमा ‘एम्बुस’ राखेको थियो । प्रहरी देखेपछि मोटरसाइकल दौडाएर फरार भएका घलान लडेर घाइते भए । उपचारपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
घलानले चोरेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । आरोपित विरुद्ध ५ दिनको म्याद लिएर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ । प्रहरीको एम्बुस छलेर भागेका दुई जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण