नेपालीलाई लाओसमा लगेर अनलाइन ठगीमा लाग्न बाध्य बनाउने २ जना पक्राउ
काठमाडौँ । नेपालीलाई ‘पर्यटक भिसा’मा कलकत्ता हुँदै लाओसमा लगेर त्यहाँ गैरकानुनी काम गर्न बाध्य बनाएको आरोपमा मानव बेचबिखन ब्यूरोले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोट घर भएर काठमाडौँको नागार्जुन बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोट ककनी गाउँपालिका–७ घर भएर गोकर्णेश्वर बस्ने ३८ वर्षीय श्याम कुमार तामाङ छन् ।
आरोपीतहरुले कलत्ताबाट थाइल्याण्ड हुँदै नेपालीलाई लाओसमा लगेर अनलाइन मार्फत क्रिप्टो करेन्सी र प्रेमको जाल बुनेर ठग्ने धन्दामा लगाउने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।
नेपालीहरुलाई आरोपीतहरुले लाओसमा चिनियाँको सम्पर्कमा लैजाने र चिनियाँ नागरिकले बन्धक बनाएर अनलाइन ठगीमा लगाउने गरेको थाहा भएको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । एसएसपी श्रेष्ठले भने–‘पक्राउ परेका दुईजनाले लाओसमा रहेका चिनियाँकाको सहयोगीको काम गरेको खुलेको छ, थप अनुसन्धान गर्दै छौं ।’
लाओसबाट फर्केर आएका पीडितहरुले बन्धक बनाएर आफूहरूसँग नेपालबाट त्यहाँ लगेबापत ७ लाख नगद लिएको बयान दिएका छन् । लाओसमा बसेर चिनियाँ नागरिकले अमेरिका र युरोपका नागरिकलाई लक्षित गरेर अनलाइनमार्फत ठगी धन्दा चलाएको पीडितहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण