सांस्कृतिक संस्थानले मनायो ५१ औ वार्षिकोत्सव
काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औँ वार्षिक उत्सव मनाएको छ । संस्थानले वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतसहित विभिन्न स्रष्टालाई पुरस्कार समेत प्रदान गरेको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्ययतामा सम्पन्न वार्षिक उत्सव समारोहमा वरिष्ठ गायक/सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरे । उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरियो ।
सांस्कृतिक संस्थामा महाप्रबन्धकको रूपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजीवन नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।
समारोहमा सभामुख देवराज घिमिरेले तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरे । कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय सङ्गीत पुरस्कार २०८० बाट वरिष्ठ गायक/सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट वरिष्ठ नृत्य कलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो ।
यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण