आइएमईबाट चोरी गर्ने दुई जना पक्राउ
जनकपुरधाम । आइएमईभित्र चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जीवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन् । चोरीका सामानसहित उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसलभित्र रहेको ल्यापटप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरूले सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण