मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ
बुधबार, ०६ असार २०८०, २१ : ०२
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका २४ वर्षीय नविन पौडेल र पोखरा महानगरपालिका–२ घर भएका आशिष अधिकारी छन् ।
‘पिपिएम एसोसिएसन प्रालि’ नामक इन्स्टिच्युट संचालक आरोपीहरुले काउन्सिलको स्वीकृति बिना लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर काउन्सिलले लिने परीक्षाको प्रश्नपत्रको नमुना तयार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरुलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण