माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गर्ने एक जना पक्राउ
बिहीबार, ०७ असार २०८०, २० : २६
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ स्थायी घर भई काठमाडौँ बस्दै आएका २६ वर्षीय सौरब गौतम रहेका छन् ।
उनले उदय भण्डारीसहित २ जनालाई माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गरेको प्रहरीले जनाएको छ । माल्टा जान प्रतिव्यक्ति ८ लाख ५० हजार लाग्ने भन्दै गौतमले पीडितहरुबाट ४ लाख लिएपछि सम्पर्क बिहिन भएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण