शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुनबाट एक पुरुष पक्राउ

शुक्रबार, ०८ असार २०८०, १६ : १६
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । काठमाडौँको नागार्जुनबाट जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप